काठमाडौं- आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानगरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि सोमबार दुवै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृह मन्त्रालयमा आयोजिक कार्यक्रममा धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरियो भने राजु अर्याललाई सशस्त्रको आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।
समारोहमा उच्च पदस्थ प्रहरी मन्त्रालयका उच्च तहका कर्मचारीलगायतको उपस्थिति थियो।
हेरौँ तस्बिर