बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्टरनेट बन्द नहुने व्यवस्था मिलाउन आयोगको निर्देशन

इन्टरनेट बन्द नहुने व्यवस्था मिलाउन आयोगको निर्देशन

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले इन्टरनेट अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिन हुने बताए। उनले यसका लागि तत्काल पहल थाल्न सरकारलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द नहुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएपछि आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो। 

National life

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले इन्टरनेट अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिन हुने बताए। उनले यसका लागि तत्काल पहल थाल्न सरकारलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए। 

‘इन्टरनेट बन्द भएमा नागरिकको हक र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्ने भएकाले आयोग सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँछ’ आयोगको निर्णयबारे सहायक प्रवक्ता अर्यालले भने, ‘इन्टरनेट सेवा बन्द भएमा निर्वाचन सञ्चालनको काममा समेत गम्भिर असर पर्नसक्ने भएकाले त्यो अवस्था अवस्था नआउने अवस्था निर्माण गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो।’

निर्वाचन आयोगले आचारसंहिता विपरित काठमाडौंका विभिन्न ठाँउमा राखिएका प्रचारप्रसारका सामग्री जफत गरेको छ। कुनै पक्ष निर्वाचित हुने वा पराजित हुने भनी समाचार र विश्लेषणजन्य सामग्री प्रेषण नगर्न पनि सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: May 02, 2022| 16:47 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्