सोमबार, असोज १२, २०८३

एक महिनामा भित्रिए ५८ हजारभन्दा बढी पर्यटक

कोरोना भाइरसको संक्रमणदर घट्दै गएपछि नेपाल भित्रिने विदेशी पर्यटक बढ्न थालेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– कोरोना भाइरसको संक्रमणदर घट्दै गएपछि नेपाल भित्रिने विदेशी पर्यटक बढ्न थालेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष अप्रिल महिनाको तुलनामा यस वर्षको अप्रिलमा हवार्य मार्ग हुँदै नेपाल भित्रने पर्यटकको संख्या १५९.९ प्रतिशतले बढेको छ। 

सन् २०२१ को अप्रिलमा २२ हजार ४५० जना पर्यटक नेपाल भित्रिएकोमा २०२२ को अप्रिलमा यो संख्या ५८ हजार ३४८ पुगेको छ। बोर्डका अनुसार यो तथ्यांक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका पर्यटकको मात्र हो।

अप्रिलमा दक्षिण एसियाली मुलुकबाट २४ हजार ५४८, एसियाकै अन्य क्षेत्रबाट २१३०, युरोपबाट १६ हजार ३००, ओसियाना क्षेत्रबाट २ हजार ८२४ र अमेरिकी क्षेत्रबाट ४ हजार ५६४ जना पर्यटक नेपाल भित्रिएका छन्। 




प्रकाशित: May 02, 2022| 16:37 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्