मंगलबार, साउन २६, २०८३

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

मुस्लिम आयोगको सिफारिसमा मंगलबार बिदा दिइएको हो। इदुलफित्रमा इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गरिन्छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीको चाड इदुलफित्रका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ। 

मुस्लिम आयोगको सिफारिसमा मंगलबार बिदा दिइएको हो। इदुलफित्रमा इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गरिन्छ।

गएको चैत २० गतेदेखि सुरु भएको रमजान सोमबार सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्ति दिनमा निराहार बस्छन्। रोजा (ब्रत) बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन्। इदुलफित्रसँगै रोजाको शृंखला समापन हुन्छ। 

प्रकाशित: May 02, 2022| 15:06 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।