शुक्रबार, असार १२, २०८३

डिजिटल वालेटको रकम नगदको रूपमा झिक्न नमिल्ने

डिजिटल वालेटमा लोड गरिएको रकम नगद झिक्न नपाइने भएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– डिजिटल वालेटमा लोड गरिएको रकम नगद झिक्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी सेवा प्रदायक संस्था (पीएसपी)लाई क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम नगद झिक्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको हो। 

National life

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ को निर्देशन नम्बर ५ मा संशोधन गर्दै क्रेडिट कार्डबाट वालेटमा लोड गरेको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गर्न वालेट कम्पनीहरुलाई निर्देशन दिएको हो। 

वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवाप्रदायक संस्थाले गर्नुपर्ने निर्देशन पनि दिएको छ। त्यस्तै राष्ट्र बैंकले एकीकृत निर्देशन नम्बर १४ को उपबुँदा ६ र ७ थप गरी ग्राहकलाई आफूले बुझाएको विवरण सही हो भनी स्वघोषणा गर्न पनि लगाउनुपर्ने व्यवस्था गरेको छ। 

उपबुँदा ६ मा विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विरण अद्यावधिक गर्दा पेश गरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुनबमोजिम सहुँला बुझाउँला भन्ने व्यहोराको विद्युतीय रुपमा स्वघोषणा गर्न लगाउनुपर्ने छ। 

त्यस्तै उपबुँदा ७ थपी विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था पनि अब भुक्तानी प्रदायक कम्पनीहरुले गर्नुपर्नेछ। 

Shivam cement

नेपालमा आइएमई डिजिटल सोलुसन, खल्ती, इसेवा, फोनपे, सेल पे लगायत २७ वटा पीएसपी सञ्चालनमा रहेका छन्। ती वालेटमा क्रेडिट कार्डबाट रकम लोड गरी खातामा रकम ट्रान्सफर गरी नगद झिक्ने प्रचलन बढेको र सो रकम औपचारिक क्षेत्रभन्दा बाहिर प्रयोग हुने गरेको पाइएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। तर अत्यावश्यक भएको खण्डमा भने वालेटबाट खातामा क्रेडिट कार्डको १० प्रतिशत रकम भने नगद झिक्न पाइने व्यवस्था गरिएको पनि राष्ट्र बैंकले जनाएको छ। 


प्रकाशित: May 02, 2022| 14:11 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्