सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २ अर्बको नागरिक बचतपत्रमा आवेदन खुल्यो, ११ प्रतिशत ब्याज पाइने

२ अर्बको नागरिक बचतपत्रमा आवेदन खुल्यो, ११ प्रतिशत ब्याज पाइने

चार वर्षमा परिपक्व हुने बचतपत्रमा ११ प्रतिशत ब्याज पाइने छ। वाणिज्य बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौँ- राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आवेदन खुला गरेको छ। बचतपत्रमा २२ गतेसम्म आवेदन दिन पाइने जानकारी राष्ट्र बैंकले दिएको छ। बचतपत्रको २०८४ वैशाख १५ गते परिपक्व हुनेछ। 

चार वर्षमा परिपक्व हुने बचतपत्रमा ११ प्रतिशत ब्याज पाइने छ। वाणिज्य बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन्।

बचतपत्रमा विदेशमा रहेका नेपालीले पनि लगानी गर्न सक्ने सुविधा छ। अनलाइन प्रणालीमार्फत् आवेदन दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि आवश्यक कागजातसहित भौतिक रुपमा सम्बन्धित व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था थियो। 

प्रकाशित: May 02, 2022| 13:40 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्