काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिको विषयमा आयोगले स्थापितलाई स्पष्टीकरण सोधेको हो।
वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले 'यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि उनको चर्को विरोध भएको थियो।
आयोगले उनलाई तीनदिन भित्र स्पष्टीकरण दिनू पत्र काटेको बताइएको छ।