मंगलबार, साउन २६, २०८३

सडक दुर्घटनामा परी कास्कीमा बाबुछोरीको मृत्यु

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बाबुछोरी रहेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

पोखरा- कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बाबुछोरी रहेका छन्।

कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन्।  उनीहरूले फरार कार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो।

प्रकाशित: May 02, 2022| 12:59 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।