बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ मोडलका बाइक-स्कुटरको प्रतिक्रिया मेलाबाटै लिँदै यामाहा

नयाँ मोडलका बाइक-स्कुटरको प्रतिक्रिया मेलाबाटै लिँदै यामाहा

नयाँ मोडल तथा ‘अपग्रेटेड भर्सन’ सहितका बाइक तथा स्कुटरलाई नै प्राथमिकता दिएर एक्सचेन्ज मेला आयोजना गरेको कम्पनीले त्यहीँबाट ग्राहकको प्रतिक्रिया बटुलिरहेको हो।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– यामाहाले अहिले नयाँ मोडलका स्कुटर र बाइकको प्रतिक्रिया मेलाबाट लिइरहेको छ। नयाँ मोडल तथा ‘अपग्रेटेड भर्सन’ सहितका बाइक तथा स्कुटरलाई नै प्राथमिकता दिएर एक्सचेन्ज मेला आयोजना गरेको कम्पनीले त्यहीँबाट ग्राहकको प्रतिक्रिया बटुलिरहेको हो। 

National life

बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा एक्सचेन्ज मेला’ सुरु गरेको हो। कम्पनीले मेलाबाट टु ह्विलर प्रेमीहरुलाई अधिकतम रुपमा आफ्नो कम्पनीमा जोड्ने रणनीति बनाएको छ। 

मेलामा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक माइलेज दिनसक्ने नयाँ मोडलको ‘रे जेडआर’ आकर्षणको रुपमा रहेको छ। यो स्कुटरले प्रतिलिटर ५८ किलोमिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ। उक्त दाबीलाई थप प्रमाणित गर्न कम्पनीले विभिन्न चरणमा माइलेज टेष्ट क्याम्पियन आयोजना पनि गर्दै आएको छ। उक्त टेष्टमा आफूहरुले दाबी गरिएकै माइलेज पाएको राइडरहरुले बताएका छन्। 

मेलामा विषेशगरी कम्पनीले ३ नयाँ मोडलका मोटरसाइकल र स्कुटरलाई विशेष तवरबाट प्रदर्शन गरिरहेको छ। कम्पनीले एफजेड एक्स मोटरसाइकल, आर१५ एम र कनेक्ट एक्स फिचर्ससहित भित्रिएको रे जेडआर स्कुटरलाई विशेष आकर्षणको रुपमा प्रदर्शन गरेको हो। 

यी नयाँ मोडलमा ग्राहकको रुची बुझ्ने र सोही अनुरुप लगत्तै लन्च गर्ने योजनामा कम्पनी छ। कुनैपनि नयाँ मोडललाई बजारमा लन्च गर्नुअघि सो मोडलको सडक परीक्षण र ग्राहकले देखाउने प्रारम्भिक प्रतिक्रियालाई आधार मानेर बजारमा व्यापक रुपमा लन्च गर्ने रणनीति अनुरुप नै नयाँ मोडलको औपचारिक लन्च केही समयपछि गर्न लागिएको कम्पनीका सीईओ राजु क्षेत्रीले बताए।

Shivam cement

‘हामीले अहिले मेलास्थलबाटै यी नयाँ मोडलका बारेमा प्रतिक्रियाहरु लिइरहेका छौं। सो क्रममा ग्राहक र दर्शकहरुबाट प्रारम्भिक प्रतिक्रिया निकै उत्साहप्रद पाइरहेका कारण छिट्टै लन्च गर्ने योजना बनाएका छौं। सम्भवतः मेलाको अन्तिम दिनसम्ममा यी नयाँ मोडलको औपचारिक लन्च गरिनेछ,’ उनले भने।

मेलाको अर्काे आकर्षण भनेको सटहीमा १० हजार अतिरिक्त थप रकम हो। अर्थात् कुनै पनि ब्राण्डको स्कुटर वा बाइक लगेर सटही गरी नयाँ ल्याउँदा कम्पनीले ग्राहकले लिएको बाइक वा स्कुटरको ‘भ्यालुएटर’ मार्फत ‘भ्यालुएसन’ गरी त्यसमा १० हजार थपिदिने छ। 

साथै कम्पनीले गरिदिने भ्यालुएसनमा ग्राहक पनि खुसी देखिन्छन्। स्कुटर सटही गरी बाइक लिन आएका ललितपुर गोदावारीका कृष्ण कार्कीले हिरो ब्राण्डको स्कुटर दिएर यामाहाको नयाँ बाइक खरिद गर्न थालेका छन्। उनीले आफ्नो पुरानो स्कुटरको मूल्य सोचे अनुसार नै पाएको बताए। ‘पुरानो स्कुटरको मूल्य मैले बाहिर पनि दुई–तीन ठाउँमा बुझेर आएको थिएँ, यहाँ पनि त्यहि दिनुभएको छ। त्यसमा पनि १० हजार अझै थपिदिनुहुन्छ। म भोलि नै आएर नयाँ बाइक लैजान्छु,’ उनले भने।

त्यस्तै कम्पनीले बाइक वा स्कुटर लैजान चाहने ग्राहकलाई फाइनान्सको सुविधा उपलब्ध गराएको छ। यामाहाकै ग्रुपद्वारा सञ्चालित ‘एमएडब्लु इन्भेष्टमेन्ट’ नामक फाइनान्सले ग्राहकलाई कर्जा उपलब्ध गराउँछ।

उक्त फाइनान्स सुविधाअन्तर्गत ग्राहकलाई बिना ब्याजदर १८ महिनासम्मको लािग रकम उपलब्ध गराइने छ। साथै कुल मूल्यको ४० र ५० प्रतिशत अग्रिम भुक्तानी, सबैभन्दा न्यून किस्तामा बाइक र स्कुटर लिने सुविधाको प्रबन्ध कम्पनीले मिलाएको छ। कार्कीले पनि नयाँ बाइक फाइनान्समा नै लिन लागेका हुन्। पुरानो बेचेको पैसाले नयाँ लिन नपुग्ने र अहिले बैंकहरुमा पनि सहजै ऋण नपाइने अवस्था यामाहाको यो सुविधा थप आकर्षण लागेको ग्राहक बताउँछन्। 

त्यसैगरी पूरै पैसा चुक्ता गरेर लैजाने ग्राहकको लागि पनि कम्पनीले ८ हजारदेखि २ लाख सम्मको अफर सार्वजनिक गरको छ। जसको नाम हो ‘मल्टिप्लाइ योर ह्यापिनेस’। अफरमा सहभागी हुनेले डिजिटल ज्याकपटमार्फत दैनिक रूपमा २ लाख ७ हजार ९००, स्योर सटमा ८ हजार ३१६ र बम्पर उपहारमा २० लाखसम्म जित्न सक्नेछन्। 

मेला उत्साहजनक देखिए पनि पहिलाको जस्तो व्यापार भने नभएको सामाखुसी डिलरका महाप्रबन्धक भोजराज भुसालले बताए। उनले भने, ‘सुन्दै र भोग्दै आएको कुरा हो। मुलुककै आर्थिक अवस्था सहि अवस्थामा नभएको कुरा, त्यसैले होला पहिला जस्तो व्यापार छैन। तर, पनि मेला उत्साहजनक भने रहेको छ।

’सीईओ क्षेत्रीले बैंकिङ प्राणालीमा कर्जा विस्तारको लागि पर्याप्त रकम नभएको सुन्दै आएका कारण आफैँ फाइनान्सको सेवा उपलब्ध गराउँदै आएको बताए। अघिल्लो पटकको मेलामा पनि फाइनान्सको सेवा उपलब्ध गराएको र अहिले पनि सोही अनुसार गराएको उनले सुनाए।

मुलुककै आर्थिक अवस्था संकुचनमा रहेको कुरा बाहिरिरहेको अवस्थामा पनि मेलामा अहिले उपस्थिति जनाइरहेको ग्राहकको संख्या उत्साहजनक रहेको उनको भनाइ छ। तरलता अभावका कारण गरिएको सतप्रतिशत तथा ५० प्रतिशत मार्जिनको व्यवस्थाले बीचको केही समय अन्योल सिर्जना गरे पनि अहिले भने त्यस्तो समस्या नभएको उनले बताए। 

प्रकाशित: May 02, 2022| 11:28 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्