सोमबार, असोज १२, २०८३

सुनको मूल्य तोलामा आठ सयले घट्यो

सुनको मूल्य सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- सुनको मूल्य सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार दुई सय कायम भएको हो। आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

सोमबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। 

आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको हो।

प्रकाशित: May 02, 2022| 11:13 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्