शुक्रबार, असार १२, २०८३

इन्टरनेट अवरुद्ध हुन नदिन सरकारले पहल थाल्यो

इन्टरनेट क्षेत्रका समस्या समाधान गर्न सरकारले कुनै पहल नगरेको भन्दै निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएपछि सरकारले समाधानको पहल थालेको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– इन्टरनेट क्षेत्रका समस्या समाधान गर्न सरकारले कुनै पहल नगरेको भन्दै निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएपछि सरकारले समाधानको पहल थालेको छ। 

National life

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) सँग संवाद सुरु गरेको हो। मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको र इन्टरनेट क्षेत्रका अन्य समस्या सम्बोधन गर्न चासो नदिएको भन्दै इन्टरनेट व्यवसायी रुष्ट छन्। विरोधस्वरुप आईस्पानले यस वर्षको राष्ट्रिय आईसीटी दिवससमेत बहिष्कार गर्ने निर्णय गरेको थियो।

मन्त्रालयले बोलाएको बैठक सकारात्मक भएको र मन्त्रालयले निजी इन्टरनेट सेवा प्रदायकहरूलाई राष्ट्रिय आईसीटी दिवसमा सहभागी हुन आग्रह गरेको आईस्पानले जनाएको छ। बैठकमा मन्त्रालयका तर्फबाट सचिव वैकुण्ठ अर्याल, प्रवक्ता विनोद प्रकाश सिंह, सहसचिवहरू उत्तरकुमार खत्री र अनिल दत्तका साथै योजना र लेखा प्रमुख सहभागी थिए। 

मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि आईस्पानले मन्त्रालयको आग्रहअनुसार समस्या समाधानका लागि पहल गर्ने भएको छ।

प्रकाशित: May 02, 2022| 11:07 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्