बिहीबार, कात्तिक १२, २०८३

देशभर ८ हजार ३३ जनाले लिए मनोनयन फिर्ता

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू मनोनयन फिर्ता लिएका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू मनोनयन फिर्ता लिएका छन्। त्यसरी मनोनयन फिर्ता लिने ८ हजार ३३ उम्मेदवार रहेका छन्।

निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन्।

आयोगले २ सय ८० जना गाउँपालिका अध्यक्ष र २ सय २५ जना गाउँपालिका उपाध्यक्षले मनोनयन फिर्ता लिएको जनाएको छ।

यस्तै २ सय ६८ नगरपालिका प्रमुख, २ सय ४ नगरपालिका उपप्रमुख, २ हजार ८ सय ३७ जना वडाध्यक्षले मनोनयन फिर्ता लिएको आयोगले जनाएको छ। 

आयोगका अनुसार दलित महिला सदस्य ६ सय ७७, महिला सदस्य ९ सय ७२ र वडा सदस्य २ हजार ५ सय ७० जना गरी कूल ८ हजार ३३ ले उम्मेदवारी फिर्चा लिएका हुन्।

प्रकाशित: May 02, 2022| 09:26 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...