शनिबार, असार ६, २०८३

म्याग्दीका गाउँमा बढ्यो चुनावी चहलपहल

आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मङ्गोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

म्याग्दी- आसन्न  स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन्।  नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मङ्गोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन्। दलका झण्डा र चुनाव चिह्न राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्न आउने उम्मेदवारको लर्को लागेको धौलागिरि गाउँपालिका–७ ताकमका सुनिल भण्डारीले बताए।

National life

'फरक–फरक दलको वडा र पालिकाका उम्मेदवार घरदैलोमा हिँड्नुभएको छ', उनले भने, 'उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ।' उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन्। धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन्। दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन्। नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन्। 

छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि निर्विरोध भएका छन्। 

सबैजसो टोलमा कुनै न कुनै दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको बेनपा–९ का केशव चोखालले बताए। घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन्। उनीहरूले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन्। 

सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागितामूलक बनाउने उम्मेदवारको कार्यसूची छ। 

Shivam cement

माओवादीबाट मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले गाउँका सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पुर्‍याए र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने मुद्दालाई जोड दिएको बताए। 

मालिका–६ दरवाङका खेमबहादुर पुनले गत चुनावमा जनप्रतिनिधिले खानेपानी ल्याउने वाचा अझै पूरा नगरेका गुनासो गरे। 'पाँच वर्षअघिकै खानेपानीको मुद्दालाई अहिले पनि दोहो¥एर भोट माग्न आएका छ', उनले भने, 'योजना बनाएर सपना देखाउने मात्र नभएर कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता देखिएको छ।' 

पर्यटन र पूर्वाधार अन्नपूर्णका उम्मेदवारको कार्यसूची 

अन्नपूर्ण गाउँपालिकामा आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले पर्यटन र पूर्वाधार विकासमा प्राथमिकता दिने कार्यसूची बनाएका छन्। 

गाउँपालिका अध्यक्षमा  कांग्रेसका बलबहादुर तिलिजा पुन, एमालेका भारतकुमार पुन, राप्रपाका तीर्थबहादुर खड्का र नेशनल मङ्गोल अर्गनाइजेशनका रामबहादुर गर्बुजा उम्मेदवार बनेका छन्। उपाध्यक्षमा एमालेका दिवाकुमारी पुन, कांग्रेसका ललिता तिलिजा पुन र नेशनल मङ्गोल अर्गनाइजेशनका एलिना पुर्जा शेरपुञ्जा प्रतिस्पर्धामा छन्।  

पर्यटन, जलविद्युत् र कृषि क्षेत्रमा सम्भावना रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले सडक, भवन, खानेपानीलगायत पूर्वाधारका साथै शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार एवं आयआर्जन वृद्धिका योजनालाई प्राथमिकता दिने योजना अघि सारेका छन्। 

घोडेपानी, पुनहिल, मोहरेडाडा, खोपारा, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड लगायत पर्यटकीयस्थल रहेको अन्नपूर्णका उम्मेदवारले नयाँ गन्तव्यको पहिचान गरी पर्यटक भित्र्याउने, बसाई लम्बाउने र आयआर्जन सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। 

आसन्न निर्वाचनमा अन्नपूर्णमा एमाले र कांग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। आठ वडा रहेको अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सचिवमा ४२ पदका लागि ९८ जनाको उम्मेदवारी परेको छ। 

१४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ मतदाता छन्। विसं २०७४ मा भएको स्थानीय तह चुनावमा कांग्रेसले अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष र चार वटा वडामा विजय हासिल गरेको थियो। एमालेले तीन र माओवादीले एक  वडा जितेका थिए। - रासस

प्रकाशित: May 02, 2022| 08:48 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।