मंगलबार, साउन २६, २०८३

प्रदेश १ लोकसेवा आयोगद्वारा विज्ञापन आह्वान

प्रदेश नम्बर १ लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका पदमा दरखास्त आह्वान गरेको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- प्रदेश नम्बर १ लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका पदमा दरखास्त आह्वान गरेको छ। प्रशासनतर्फ अधिकृतमा ३७ जनाको माग भएको छ।

यस्तै इन्जिनियरमा नौ जनाको माग भएको छ। कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जना माग भएको छ। सहायक बाली विकास अधिकृतमा दुई जना माग गरिएको छ। बाली संरक्षण र बागबानीमा एक जना अधिकृत माग भएको छ।

यस्तै भेटेरेनरीतर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षातर्फ अधिकृतमा ८ जना माग भएको छ।

लिखित परीक्षा प्रशासनतर्फ अधिकृतका लागि साउन ७ गते अपरान्ह ३ बजे हुनेछ भने इन्जिनियरका लागि साउन १३ गते अपरान्ह ३ बजे परीक्षा हुनेछ। परीक्षा केन्द्र विराटनगरमा हुनेछ। जेठ २ गतेसम्म इच्छुकले दरखास्त दिन पाउनेछन्।



प्रकाशित: May 02, 2022| 08:22 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।