शनिबार, असार ६, २०८३

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको कानेपोखरीमा ट्रकको ठक्करबाट आइतबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

विराटनगर- मोरङको कानेपोखरीमा ट्रकको ठक्करबाट आइतबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।

National life

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा ना ३ ख ६७६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको ट्रकले ठक्कर दिँदा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका–१६ का २९ वर्षीय रूपक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्‍याउनसाथ राति ८:३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। 

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै प्रहरीले ट्रक र चालक खोटाङ घर भएका ४४ वर्षीय रविनकुमार राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।

Shivam cement

प्रकाशित: May 02, 2022| 08:11 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।