मंगलबार, साउन २६, २०८३

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

सिद्धार्थ राजमार्ग छेउमा पर्ने तिनाउ खोलामा डुबेर आइतबार भारतीय नागरिकको ज्यान गएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

पाल्पा- सिद्धार्थ राजमार्ग छेउमा पर्ने तिनाउ खोलामा डुबेर आइतबार भारतीय नागरिकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा भारत गोरखपुर घर भएका ३५ वर्षीय अंकित श्रीवास्तव रहेका छन्। तिनाउ गाउँपालिका–३, दोभान ड्याम क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरेन्द्र थापाले बताए।

पौडी खेल्ने क्रममा डुबेका श्रीवास्तवलाई सँगै आएका साथीहरूले उद्धार गरी प्रादेशिक अस्पताल रुपन्देही बुटवलमा लगेका थिए।

उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 02, 2022| 08:01 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।