मंगलबार, साउन २६, २०८३

बझाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा एक जनाविरुद्ध उजुरी परेको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

धनगढी- बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा एक जनाविरुद्ध उजुरी परेको छ। छबीसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको हो।

वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट पाँच सय मिटर टाढा रहेको छानामा लगेर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ।

बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुवाले बताए। 

बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सीमखेतमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

मामाघरमा विवाह हेर्न गएकी बालिका सहित उनका अभिभावकले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा पुगी उजुरी दर्ता गरी कारबाहीको माग गरेको प्रहरीले जनाएको छ। आरोपित युवक भने फरार रहेका छन्।

प्रकाशित: May 02, 2022| 07:54 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।