मंगलबार, साउन २६, २०८३

स्रोत नखुलेको चार लाख रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

महोत्तरी- स्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाहीका १९ वर्षीय सुजित मण्डल रहेका छन्।

भारतबाट झोला बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका-३ स्थित भन्सार कार्यालय अगाडिबाट आइतबार पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मण्डलले बोकेको झोलाबाट चार सय थान एक हजारको नोट बरामद भएको छ। उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 02, 2022| 07:05 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।