बुधबार, असार ३१, २०८३

२५ लाख धरौटीमा छुटे 'लुट' का निर्माता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा लुट फिल्मका निर्माता माधवराज वाग्ले रिहा भएका छन्। 

नक्कली नोट छापेको आरोपमा वाग्ले गत जेठ २ मा पक्राउ परेका थिए। अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो। काठमाडौं जिल्ला अदालतले जेठ २९ मा अभियोग दायर गरिएका ६ मध्ये तीनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र दीपक नापित भने एक-एक लाख धरौटीमा र साजन भुलुन साधारण तारेखमा छुटेका थिए।

चलचित्र ‘चंगा चेट’ का निम्ति छापिएको नक्कली नोट फिल्म निर्माणका सदस्यले बजारमा लगेर दुरुपयोग गरेपछि घटना बाहिर आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।