काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२ रुपैयाँ ५९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ ६ पैसा र बिक्री दर १२९ रुपैयाँ २३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ३८ पैसा र बिक्री दर १५४ रुपैयाँ १३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ३ पैसा र बिक्री दर १२५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १७ पैसा र बिक्री दर ८६ रुपैयाँ ६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३४ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४ पैसा र बिक्री दर ९ रुपैयाँ ४४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर