शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बझाङका दुई जना कैलालीको तुल्सीपुर सामुदायिक वनमा मृत फेला

बझाङका दुई जना कैलालीको तुल्सीपुर सामुदायिक वनमा मृत फेला

कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृत फेला परेका छन्। आइतबार सामुदायिक वनमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृत फेला परेका छन्। आइतबार सामुदायिक वनमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

National life

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको बताए।

दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ। अमरले अस्मितासँग दोस्रो विवाह गरेका थिए।

अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका-५ मा आफन्तको घरमा बसेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 02, 2022| 06:46 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।