बुधबार, असार ३१, २०८३

आजका पत्रपत्रिकाले के लेखे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले प्रस्तावित प्रधानन्यायाधीसलार्इ संसदीय विशेष सुनुवाइ विशेष समितिको दुर्इ तिहाइ बहुमतले अस्वीकृत गरेपछिका तरंगहरुहरुलार्इ प्राथमिकताका साथ पहिलो पृष्ठमा मुल समाचारका रुपमा प्रकाशित गरेका छन्। 

जोशी अस्वीकृत, कांग्रेसद्वारा बहिष्कार शिर्षकको समाचारमा अन्‍नपूर्णमा छ. प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई नियुक्त गर्न संवैधानिक परिषद्बाट भएको सिफारिस संसदीय सुनुवाइ विशेष समितिको दुईतिहाइ मतले अस्वीकृत गरेको छ । जोशीका शैक्षिक प्रमाणपत्रहरू शंकाको घेरामा रहेको, जन्ममिति फरक-फरक पाइएको, सार्वजनिक आचरण र विगतका कामकारवाहीको आलोचना भएको भन्दै समितिको शुक्रबारको बैठकले जोशीलाई प्रधानन्यायाधीशमा स्वीकार नगर्ने निर्णय गरेको हो ।

संसदीय इतिहासमा पहिलो पटक सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशको सिफारिसलाई अस्वीकृत गरेको हो । जोशीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने दलहरूबीच तीव्र विवादबीच समितिमा शुक्रबार मतदान गराइएको थियो । सत्तारूढ दलहरू जोशीको विपक्षमा उभिएपछि उनको सिफारिस दुईतिहाइ मतले अस्वीकृत भएको थियो । विपक्षी कांग्रेसले मतदानबाट निर्णय गरे समिति बहिष्कार गर्ने चेतावनी दिए पनि सत्तासीन दलहरूले मतदानका पक्षमा अडान राखेका थिए ।

मतदानबाट टुंगो लाग्ने निश्चित भएपछि अन्तिम समयमा विपक्षी कांग्रेसका सांसदहरू समितिबाट बाहिरिएका थिए । अनुमोदनका लागि समितिमा एकतिहाइ मत आवश्यक भए पनि १५ सदस्यीय समितिमा कांग्रेसका चार जना मात्र सांसद छन् । कांग्रेसले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न अन्तिम समयसम्म लबिङ गरेको थियो ।

समितिमा सत्तासीन नेकपाका ९ र संघीय समाजवादीका १ गरी १० सदस्य छन्, जुन समितिको दुईतिहाइ बहुमत हो । मत बराबर भए मात्र समिति सभापतिले निर्णायक मत दिन पाउने व्यवस्था छ ।


जोशीलाई पूर्वप्रधानन्यायाधीशहरूको सुझाव, ‘राजीनामा दिनु उचित’ शिर्षकमा समाचार छापेको छ। प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई पेसी तोक्न नैतिक र कानुनी बाधा देखिएकाले उनले राजीनामा दिनु बुद्धिमानी हुने पूर्वप्रधानन्यायाधीशहरूको सुझाव छ ।


‘उहाँलाई प्रधानन्यायाधीशमा संसद्ले अनुमोदन नगरेकाले कामु प्रधानन्यायाधीशका हैसियतले समेत अब पेसी तोक्न नैतिक र कानुनी संकट छ,’पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले भने, ‘यस्तोमा उहाँले राजीनामा दिनु नै उचित हुन्छ, नत्र संसद्ले महाअभियोग लगाउने ठाउँ रहन्छ ।’

महाअभियोग लागे पेन्सन पनि गुम्ने हुँदा जोशी न्यायालयबाट पन्छिनु उचित हुने उनको विश्लेषण छ । यस्तै तर्क छ, अर्का पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको पनि । ‘प्रधानन्यायाधीशका लागि अस्वीकृत भएको अवस्थामा जोशीजीलाई कामु भएर काम गरिरहन नैतिकताले दिँदैन,’ उनले भने, ‘त्यसैले उहाँले राजीनामा दिनु बुद्धिमानी हुन्छ ।’

त्यसैगरी नेपालले पहिलोपटक जितेको एक दिवसीय क्रिकेटलार्इ पनि प्राथमिकताका साथ पहिलो पृष्ठमै स्थान दिएका छन्।  नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण, नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय शृंखला बराबरी शिर्षक र उपशिर्षकमा समाचार अन्नपूर्णमा छ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित हात पारेको छ। नेदरल्यान्ड्सलाई शुक्रबार भएको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा एक रनको झिनो अन्तरले पराजत गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त एकदिवसीय खेलमा पहिलो जित दर्ता गराएको हो।

यो जितसँगै नेपालले नेदरल्यान्ड्सविरुद्ध दुई एकदिवसीय खेलको शृंखला १-१ को बराबरीमा टुङयाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षको यात्रामा पहिलो पटक एकदिवसीय शृंखला खेल्ने अवसर पाएको नेपालका लागि यो ऐतिहासिक उपलब्धी मानिएको छ। नेपाल गत बुधबार भएको आफ्नो पहिलो एकदिवसीय खेलमा भने घरेलु टोलीसँग ५५ रनले पराजित भएको थियो।

नेदरल्यान्ड्सको आर्मस्टडर्म आर्मस्टेलभिनस्थित भीआरए मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले अन्तिम बलमा जित भेट्टाएको हो। नेदरल्यान्ड्सलाई जितका लागि अन्तिम बलमा दुई रन आवश्यक परेको अवस्थामा कप्तान पारस खड्काले फ्रेड क्लासेनलाई रन आउट गराउँदै नेपालको जित निश्चित गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।