मंगलबार, साउन २६, २०८३

बागलुङमा भिरबाट लडेर मृत्यु

जिल्लाको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

बागलुङ- जिल्लाको निसीखोलाको  भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो। 

घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लडेका थिए। उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

थापाको टाउकामा गहिरो चोट लागेको थियो। उनको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ। थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खसेका थिए। 

प्रकाशित: May 01, 2022| 22:50 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।