बिहीबार, कात्तिक १२, २०८३

ललितपुरमा महिला मतदाता बढी

ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन्। 

जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन्। ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा घिमिरेले जानकारी दिए।

यस्तै महालक्ष्मी नगरपालिकामा पुरुष १७ हजार ५४८ र महिला १९ हजार ११९ गरी कूल ३६ हजार ६६७, गोदावरी नगरपालिकामा पुरुष २६ हजार ६२९ र महिला २७ हजार ७६९, तेस्रोलिङ्गी एक गरी कूल ५४ हजार ३९९ मतदाता छन्। 

कोन्ज्योसोम गाउँपालिकामा पुरुष चार हजार ३१२, महिला चार हजार २७६ गरी कूल आठ हजार ५८८, बागमती गाउँपालिकामा पुरुष पाँच हजार ९६०, महिला ६ हजार ३६८ गरी कूल १२ हजार ३२८ तथा महाङ्काल गाउँपालिकामा पुरुष चार हजार ६२३, महिला चार हजार ३८९ गरी कूल नौ हजार १२ मतदाता रहेको घिमिरेले बताए।

त्यसैगरी ललितपुरमा १३१ मतदानस्थल र २८८ मतदान केन्द्र निर्धारण गरिएको छ। ललितपुर महानगरपालिकामा ५२ मतदानस्थल र १३७ मतदान केन्द्र, महालक्ष्मीमा १८ मतदानस्थल र ४३ मतदान केन्द्र, गोदावरीमा ३१ मतदानस्थल र ६६ मतदान केन्द्र, कोन्ज्योसोममा सात मतदान स्थल र १२ मतदान केन्द्र, बागमतीमा १३ मतदानस्थल र १७ मतदान केन्द्र तथा महाङ्कालमा १० मतदानस्थल र १३ मतदान केन्द्रको व्यवस्था गरिएको छ।

प्रकाशित: May 01, 2022| 22:00 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...