बुधबार, वैशाख २६, २०८१

विराटनगरका निजी स्कुललाई पछि पार्दैछ पोखरिया

विद्यालयले चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म ३६५ जनाको कोटा निर्धारण गरेकोमा आवेदन दिने विद्यार्थी चार गुणा बढी आएपछि विद्यालय प्रवेश परीक्षा लिएर छनोट गर्न प्रवेश परीक्षा लिएको थियो।
 |  सोमबार, वैशाख १९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, वैशाख १९, २०७९

विराटनगर– सिरहाकी अम्बिका सिंह बिहीबार विराटनगर आइन्। कक्षा ८ पूरा गरेकी छोरी प्रेक्षासहित काखे नानी च्यापेर विराटनगर साथीको घरमा पुगिन्। शुक्रबार छोरीको प्रवेश परीक्षा भएकाले उनी एक दिन अगावै आएकी हुन्। विराटनगर–३ को पोखरिया माविमा शुक्रबार प्रवेश परीक्षामा छोरीलाई सहभागी गराउन उनी सिरहादेखि आएकी थिइन्। उनले भनिन्, ‘पोखरियाको पढाइ राम्रो सुनेकाले यहाँ आएकी हो।’

triton college

सुनसरी वराह क्षेत्रका राजेन्द्र कार्कीले राजेन्द्र कार्की छोरी रिजासँगै प्रवेश परीक्षाका लागि पोखरिया मावि आए। विराटनगरको सगरमाथा बोर्डिङ स्कुलमा ६ कक्षा पुरा गरेकी छोरीलाई लिएर उनी आएका थिए। पोखरिया को पढाई राम्रो सुनेका उनले निजीबाट निकालेर सामुदायिकमा पढाउने सोचका कारण यता आएको बताए । शैक्षिक गुणस्तर सुधारगर्ने सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको उनले बताए। कार्कीले भने, ‘सबै सामुदायिक विद्यालय अब पोखरियाजस्तै हुन आवश्यक छ।’ 

अम्बिका र राजेन्द्र जस्ता १ हजार ४ सय अभिभावक शुक्रबार पोखरिया माविमा भेला भएका थिए। आफ्ना छोरा–छोरीसहित उनीहरु विद्यालय आएका हुन्। विद्यालयले चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म ३६५ जनाको कोटा निर्धारण गरेकोमा आवेदन दिने विद्यार्थी चार गुणा बढी आएपछि विद्यालय प्रवेश परीक्षा लिएर छनोट गर्न प्रवेश परीक्षा लिएको थियो।

विद्यालयले कक्षा ६ मा १ सय विद्यार्थीको कोटा निर्धारण गरेकोमा ३०७ विद्यार्थीले परीक्षा दिएका छन्। कक्षा ७ मा १ सय कोटामा ३७८, कक्षा ८ मा १ सय कोटामा ५०१ र कक्षा ९ मा ६५ जनाको कोटामा २८४ विद्यार्थीले परीक्षा दिएको प्राचार्य खेमराज भट्टराईले बताए। उनका अनुसार प्रवेश परीक्षा दिन मोरङसहित सिरहा, सप्तरी, धनकुटा, जनकपुर, झापा र सुनसरीबाट विद्यार्थी आएका छन्। प्रवेश परीक्षा सकिएपछि मोबाइल अफ गर्नुपर्ने अवस्था आउने उनले बताए। भर्नाका लागि अभिभावक, स्थानीय तहका प्रमुख, सांसद, मन्त्री, प्रदेश प्रमुखसम्मको फोन आउने गरेको प्राचार्य भट्टराईले सुनाए। उनले भने, ‘२ वर्ष कोभिडका कारण परीक्षा लिने अवस्था भएन।’ २०७० बाट अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेपछि विद्यालयमा भर्नाका लागि फोन आउने गरेको उनको भनाइ छ। 

पछिल्ला ८ वर्षमा विद्यालयले नसोचेको उचाइ लिएको छ। ८ वर्ष अघिसम्म विराटनगर उत्तरतर्फका अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई ‘राम्रो नपढे पोखरिया स्कुल हाल्दिन्छु’ भन्ने गरेको सुनेपछि विद्यालयलाई नमुना बनाउनुपर्छ भन्नेमा प्राचार्य भट्टराई सहितको टिम लाग्यो। ८ वर्ष अघिसम्म विराटनगर उत्तरतर्फको गएगुज्रेको सामुदायिक विद्यालयभित्र पोखरिया मावि पर्थ्यो। राम्रो पढाइ नहुने भएपछि छोराछोरीले बोर्डिङ स्कुलमा पढाइ बिगारे पोखरियामा लगेर नाम लेखाइदिन्छु भनेको सुन्दा पोखरिया स्कुलका धेरै शिक्षकलाई नराम्रो लाग्ने गरेको सुनाउँछन्। प्राचार्य भट्टराईले पनि धेरै पटक आफ्नो विद्यालयलाई होच्याएर भनेको सुनेका थिए। उनले धेरै पटक सोचे– विद्यालयलाई कसरी राम्रो बनाउने र निजीसँग प्रतिष्पर्धा गर्ने भनेर। विद्यालयले सर्भे पनि गर्यो। विद्यालयले विज्ञापन पनि गर्यो। 

corrent noodles
Metro Mart
विद्यालयले चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म ३६५ जनाको कोटा निर्धारण गरेकोमा आवेदन दिने विद्यार्थी चार गुणा बढी आएपछि विद्यालय प्रवेश परीक्षा लिएर छनोट गर्न प्रवेश परीक्षा लिएको थियो।

२०५२ सालमा आफू पोखरिया माविमा प्रवेश गर्दा झण्डै ८ सय विद्यार्थी भएकोमा २०६७ सम्म आउँदा विद्यार्थी संख्या घटेर ४ सय ५० मा झरेको प्राचार्य भट्टराईले बताए। विद्यालयका शिक्षकहरुबीच विद्यालयलाई कसरी अघि बढाउन सकिन्छ भनेर धेरै पटक छलफल पनि गरे। प्राचार्य भट्टराईले नजिकका निजी विद्यालयका सञ्चालकसँग गएर पनि छलफल गरे। निजी विद्यालयका सञ्चालकले उनलाई सहजै अंग्रेजी माध्यम शुरु गर्दा हुन्छ भन्ने जवाफ दिए। अंगे्रजी माध्यम पोखरियाका लागि रहर मात्रै हुने धेरैले उनलाई भने पनि। विराटनगरको एक सामुदायिक विद्यालयले शुरु गरेर बन्द गरेको हुँदा प्राचार्य भट्टराई सहितको टिमलाई केही चिसो पनि पसेको थियो। सबैसँग छलफल सकेपछि उनले अंगे्रजी माध्यम शुरु गर्ने अठोट लिए। विद्यालय चलाउने भनेको अंगे्रजी माध्यम नै भएको निष्कर्ष शिक्षकहरुबाट निस्कियो। 

२०६९ सालमा २ कक्षा, २०७० मा ८ र ९, २०७१ मा ६ देखि माथि र २०७२ देखि कक्षा १ देखि १० सम्म नै अंग्रेजी माध्यममा विद्यालयले पठन पाठन शुरु गर्यो। यसले स्कुलतर्फ आकर्षण बढायो। पोखरियामा अहिले नेपाली माध्यममा अध्ययन गर्ने विद्यार्थी १५० मात्रै छन्। आगामी २ वर्षभित्रमा विद्यालयमा नेपाली माध्यम अध्ययन गर्ने विद्यार्थीको संख्या शून्य हुने प्राचार्य भट्टराईले बताए। उनले भने, ‘अंग्रेजी माध्यममा आफ्नै उत्पादनका विद्यार्थी ८ कक्षासम्म आइपुगे।’

२०७० मा ८ र ९ मा अंग्रेजी माध्यम शुरु गरेपनि विद्यार्थी जुटाउन विद्यालयलाई धेरै सकस परेको थियो। तत्कालिन जिल्ला शिक्षा कार्यालयका उपसचिव, अधिकृत सबैले आफ्ना छोराछोरी पोखरियामा भर्ना गरेपछि धेरै अभिभावकको ध्यान तान्न सकिएको प्राचार्य भट्टराई बताउँछन्। 

पोखरियाले २०७१ सालको एसएलसीमा अंगे्रजी माध्यमतर्फ शतप्रतिशत नजिता हासिल गर्यो। अंग्रेजी माध्यमतर्फ ४१ जनामा १३ जना विशिष्ठ श्रेणी र बाँकी प्रथम श्रेणीमा उत्तीर्ण भए। विद्यालयले पहिलो पटक नयाँ इतिहास पनि कायम गर्यो। प्रथम श्रेणी भन्दा माथिको नजिता नल्याएको स्कुलले पहिलो पटक ३१ प्रतिशत विद्यार्थी विशिष्ठ श्रेणीमा उत्तीर्ण गरायो। २०७१ को एसएलसीपछि विद्यालयले नयाँ तरङ्ग ल्यायो। अंग्रेजी माध्यम शुरु भएसँगै विद्यार्थीको चाप बढ्दै गयो। कक्षा १ देखि १० सम्म नै अंग्रेजी माध्यम भएपछि स्कुलले सोचेभन्दा बढी विद्यार्थी आए। पूरै कक्षा अंग्रेजी माध्यम भएको तीन वर्षको अवधिमा विद्यार्थी संख्या १ हजार ७ सय ९५ पुग्यो। 

भौतिक पूर्वाधारको अभावमा विद्यालयले दुई सिफ्टमा पठनपाठन गर्दै आएको छ। यस वर्षको एसईईमा ४१३ विद्यार्थी सहभागी भएको प्राचार्य भट्टराईले बताए। पछिल्लो समय विद्यार्थी तथा अभिभावकमा स्कुलप्रति आकर्षण बढेको छ। प्लस टु सहित २ हजार ८३३ विद्यार्थी अध्ययनरत रहेको स्कुलमा विद्यालय कर्मचारी सहित ३९ जनाको दरबन्दी छ। तर, विद्यालयले विद्यार्थी संख्या बढेसँगै शिक्षक कर्मचारी थप गर्दै लग्यो। अहिले भट्टराईको नेतृत्वमा ११० जना शिक्षक कर्मचारी कार्यरत छन्।

प्रदेश १ कै नमुना सामुदायिक विद्यालयका रुपमा रहेको विद्यालयले अंग्रेजी माध्यमसँगै प्राविधिक शिक्षा, प्रविधिमैत्री पठनपाठन, प्राथमिक उपचारका लागि नर्सको व्यवस्था, ‘आईसीटी बेस्ड लर्निङ’ विधि अपनाएको छ। विद्यालयले कक्षा १ देखि ५ सम्मको पनि प्रवेश परीक्षा लिएरै छनौट गर्नुपर्ने अवस्था आएको बताएको छ। 

पोखरियाले उच्च शिक्षातर्फ प्लस टुमा विज्ञान, व्यवस्थापन, कम्प्युटर इञ्जिनियरिङ विषयमा पठनपाठन गराउँदै आएका छ। उच्च शिक्षामा पनि उत्तिकै विद्यार्थीको चाप रहेको प्राचार्य भट्टराई बताउँछन्। 

प्रकाशित: May 02, 2022| 06:25 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।