मंगलबार, साउन २६, २०८३

नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहको बढुवा

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं– सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। 

सिंह गत महिनामात्र एआईजीमा बढुवा भएका थिए। वर्तमान आईजीपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकाश पाउँदैछन्। 

सिंह अब ११ महिना आईजीपी बन्नेछन्। ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ।

एसएसपी हुँदा तत्कालीन महानगरीय अपराध महाशाखाको नेतृत्व गरेका सिंह डीआईजी हुँदा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख भएर काम गरेका थिए। 

गृहमन्त्री बालकृष्ण खाणले एआईजीको एक नम्बर वरीयतामा रहेका विश्वराज पोखरेललाई आईजीपी बनाउन सिफारिस गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण सिंह नै आईजीपीमा नियुक्त भएका हुन्। 

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले स्थानीय चुनावको सम्मुखमा वरीयता मिचेर आईजीपी नियुक्त गर्दा हितकारी नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए।

प्रकाशित: May 01, 2022| 13:43 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।