सोमबार, असोज १२, २०८३

तोलामा दुई सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ। 

अघिल्लो दिन प्रतितोला ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला २०० ले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर रु एक हजार ३०० मा आएको महासङ्घले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: May 01, 2022| 11:55 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्