मंगलबार, साउन २६, २०८३

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धनुषाको मिथिला नगरपालिका–२ राघोपुरमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

धनुषामा- धनुषाको मिथिला नगरपालिका–२ राघोपुरमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश-२-०२-००२-प ३०५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय सन्जिप श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रकाशित: May 01, 2022| 09:18 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।