काठमाडौं- कोभिड १९ विरुद्ध पाँच वर्षमुनिका बालबालिकालाई आपतकालिन खोप दिन औषधि उत्पादक कम्पनी मोडेर्नाले अनुमति मागेको छ।
मोडेर्नाले अमेरिकी खाद्य तथा औषधि नियमन निकायसँग आपतकालिन प्रयोग अनुमति माग गरेको सीएनएनमा समाचार उल्लेख छ।
खोप सुरक्षित एवं प्रभावकारी रहेको साथै यसलाई अभिभावकले पनि सहर्ष स्विकार गर्ने विश्वास रहेको मोडर्नाका अधिकारीले बताएका छन्।
खोप कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी औजार रहेको मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफन ब्यान्सेलले दाबी गरेका छन्। हालसम्म कोभिड १९ विरुद्ध पाँच वर्षभन्दा मुनिका बालबालिकाका लागि अमेरिकामा कुनै पनि खोपलाई अनुमति दिइएको छैन।