बुधबार, असार ३१, २०८३

'सुनुवाइ समितिको निर्णयले संवैधानिक जटिलता'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा प्रस्तावित दिपकराज जोशीलाई अयोग्य ठहर्‍याई अस्वीकृत गरेको घटनाले संवैधानिक जटिलता ल्याउने बताएको छ।

जोशीलाई प्रधानन्यायाधीशमा अयोग्य ठहर्‍याउने घटना नेपालको संसदीय र न्यायिक अभ्यासमा नौलो परिघटना भएको भन्दै राप्रपाले प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मुल्याङ्कन गर्ने र निर्णय गर्ने क्षेत्राधिकार समितिको भएपनि संवैधानिक परिषदले गरेको सिफारिस अस्वीकृत हुनुले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको निष्कर्ष निकालेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी दिनमा कैयन संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्ने धारणा सार्वजनिक गरेको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।