मंगलबार, साउन २६, २०८३

तीन दिनदेखि बेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला

इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ। इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा शनिबार फेला परेको हो।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काडमाडौं- इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ। इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा शनिबार फेला परेको हो।

तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्न थालेका थिए। खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताए। उनले पुरिएको शव निकालेको बताए।

हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बिनिताको श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको परिवारको भनाइ छ।

उनीहरूको चार वर्षीया एक छोरी रहेको बताइएको छ। घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताए।

प्रकाशित: May 01, 2022| 06:55 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।