बुधबार, असार ३१, २०८३

राजसंस्थाको मुद्दाले राप्रपाको वार्ता भाँडियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजसंस्थालाई पार्टीको विचार, सिद्दान्त र आदर्श मान्ने कि नमान्ने भन्ने बिषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीचको वार्ता भाँडिएको छ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर जवरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उदेश्यले समान विचारधारा भएका शक्तिबीच एकताको सम्भावना बारे छलफल अघि बढाउन वार्ता समिति गठन गरेका थिए।
 
राप्रपा अध्यक्ष कमल थापाले शुत्रबार पार्टीको वार्ता समितिलाई निर्देशन दिँदै ‘हिन्दु राष्ट्र र राजसंस्था बारे प्रष्ट र आधिकारिक धारणा एवम् प्रतिबद्धता नआएसम्म’ राप्रपा प्रजातान्त्रिकसंग वार्ता स्थगन गर्न निर्देशन दिएपछि वार्ता भंग भएको हो।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा वार्ता समिति संयोजक सुनिल थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्दा पार्टीका सांसदहरुले हस्ताक्षर गरी प्रतिवद्धता व्यक्त गरेकोले गरेको त्यसवाट पछि नहट्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिए पछि राप्रपा अध्यक्ष थापाले चरम असन्तुष्टी जनाएका थिए। 

थापाले राप्रपा प्रजातान्त्रिकसँग वार्ता नगर्न वार्ता समितिका संयोजक बुद्धिमान तामाङलाई निर्देशन दिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र बर्तमान नेपालको भुधरातलिय यथार्थता भएकोले नेपालको संविधान र यहि यथार्थतालाई आत्मासाथ गर्दै राप्रपा प्रजातान्त्रिकले अर्को विबकल्प नरोज्ने राप्रपा प्रजातान्त्रिकका नेता किरण गिरीले जनाए।
 
राप्रपा प्रजातान्त्रिकले गत बर्ष राप्रपाबाट अलग भइ निर्वाचन आयोगमा दल दर्ता गर्दा  बिधानबाट राजसस्था र हिन्दुरास्ट्र हटाएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।