काठमाडौं- नबिल बैंकले नेसनल एचआर एक्सेलेन्स अवार्ड- २०२२ प्राप्त गरेको छ। मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो।
बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी काममा सहजता ल्याएका कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संसाधन अधिकृत रोशन कोइरालालगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीले ग्रहण गरेका थिए।
कम्पनीले अवार्ड छनोटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो। सोही छनोट समितिले नबिल बैंकलाई अवार्ड दिने निर्णय गरेको हो।