बिहीबार, कात्तिक १२, २०८३

बूढानीलकण्ठमा २२ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा २२ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये २२ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन्।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा २२ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये २२ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन्। 

बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले २२ वडाध्यक्ष एवं वडा सदस्यले मनोनयन फिर्ता लिएको जानकारी दिए। नगरप्रमुख र उपप्रमुखमा भने कसैले उम्मेदवारी फिर्ता लिएका छैनन्। बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा १५ र उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको थियो। बाइस जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब बूढानीलकण्ठमा ६७ पदका लागि २८६ जना प्रतिस्पर्धामा छन्।

बूढानीलकण्ठमा कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले)बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा, नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन्।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई निर्वाचित भएका थिए। उक्त नगरपालिकामा १३ वडा रहेका छन्।

प्रकाशित: Apr 30, 2022| 22:40 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...