मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७, ११ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

७, ११ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

७, ११ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ललितपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्‍न १९ वर्षीय बुद्ध लामा भन्‍ने सन्तोष तामाङलाई पक्राउ गरेको हो।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- ७, ११ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ललितपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्‍न १९ वर्षीय बुद्ध लामा भन्‍ने सन्तोष तामाङलाई पक्राउ गरेको हो।

काभ्रे तिमाल गाउँपालिका-५ घर भएका १९ वर्षीय तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको बताइएको छ। तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्‍ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यसैगरी रुपन्देहीमा ७ र ११ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पा लौङ्ग्री गाउँपालिका-४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका-३ तिनाउ खोला बगरमा गत चैत २१ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्‍ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित: Apr 30, 2022| 19:35 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।