मंगलबार, साउन २६, २०८३

प्युठानमा बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुंगा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

प्युठान- जिल्लाको नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्‍ने ३० वर्षीय तुले सुनारलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुंगा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो। 

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 30, 2022| 19:20 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।