बिहीबार, कात्तिक १२, २०८३

मतदाता भन्छन्- जनता नठग्‍नेलाई मात्र हाम्रो मत

मनोनयन, दाबी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै राजनीतिक दल र स्वतन्त्ररूपमा उम्मेदवार भएकाले यहाँ भोट माग्न घरदैलो अभियान सुरु गरेको हो। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएससँगै उम्मेदवारहरुले प्रतिस्पर्धीका बारेमा स्पष्ट भएका छन्।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

बलेवा- आसन्‍न स्थानीय तहको निर्वाचनका लागि बागलुङमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्। 

मनोनयन, दाबी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै राजनीतिक दल र स्वतन्त्ररूपमा उम्मेदवार भएकाले यहाँ भोट माग्न घरदैलो अभियान सुरु गरेको हो। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएससँगै उम्मेदवारहरुले प्रतिस्पर्धीका बारेमा स्पष्ट भएका छन्। 

चुनावी घोषणा पत्र, प्रतिबद्धता र संकल्प पत्र लिएर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार सर्वसाधारणको घरदैलो अभियानलाई तीव्रता दिएको छ। निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा नदिए पनि दल भने आफ्नो चिह्नमा मतदान गर्न सिकाउँदै गाउँ पस्न थालेका छन्। 

आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दललाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन। सूचना प्रविधि, चेतना र सामाजिक सञ्जाललगायत क्षेत्रमा भएको विकासले उम्मेदवार र दललाई जवाफदेही बनाउने छन्। 

पटक-पटक आश्वासनमा मतदान गरेका सर्वसाधारण यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उम्मेदवारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन्। पटकपटकका निर्वाचनमा गरेका प्रतिबद्धता र जिते वा हरेपछिका कामका विषयमा यो पटक सर्वसाधरण प्रश्न गर्ने मुडमा छन्। 

'यसपटक प्रतिबद्धता मात्रै होइन, कामको योजनासहित आउने उम्मेदवारलाई मत दिने मानसिकता बनाएको छु’’, बागलुङ नगरपालिका–१२ अमलाचौरका बलराम चापागाईंले भने, 'आश्वासन पहिला पनि पाइएको हो तर काम के कति भए भनेर हामी मतदाताले मूल्याङ्कन गर्नुपर्छ।'

स्थानीय तह नजिकको सरकार हो। नजिकको सरकारका काम सर्वसाधारणले नजिकबाट नियालिरहेका छन्। बलरामजस्तै सर्वसाधारण यसपटक मत माग्न पुग्ने उम्मेदवारसँग विगतका काम र भावी योजनाको फेहरिस्त माग्ने तयारीमा छन्। 

'काम गरेर खाने हामी सर्वसाधारणलाई झुटा आश्वासनले हुँदैन। दुःख सुखमा साथ दिने जनप्रतिनिधि चाहिन्छ,' काठेखोला गाउँपालिका–७ का युवराज गौतमले भने, 'आफैँ पछुताउन नपर्ने गरी मतदान गर्न उम्मेदवारसँग प्रश्न गर्छौं र विश्वासिलो आधार दिनेलाई मतदान गर्ने सोच छ।'

बोलेका काम गरुन्, जनता नठगुन, स्रोतसाधनले पुगेसम्मको विकासको काम गरुन् नभए जनता खुसी हुने वातावरण सिर्जना गरुन् भन्ने धारणा सर्वसाधारणमा विकास भएको उहाँले बताउनुभयो। सडकमा मात्रै ध्यान पुर्‍याउने जनप्रतिनिधिले शिक्षा स्वास्थ्य, खानेपानी, सिँचाइ र कृषि पूर्वाधारका क्षेत्रमा योजना ल्याउन आवश्यक रहेको जैमिनी नगरपालिका–९ का स्थानीय राजु शर्माले बताए। 

‘पटकपटक कति ठगिनु, कति झुटा कुरामा अल्झिनु, दलका दासी जस्तो भइयो’ शर्माले भन्छन्, 'यसपटकको मत नठग्ने उम्मेदवारको लागि हुनेछ, ठग्दिन भन्ने वातावरण उम्मेदवारले बनाउनुपर्छ।' पूरा हुनै नसक्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख नगर्न सर्वसाधारणको आग्रह छ। 'थोरै काम गर्छु भनुन् तर काम गरुन्,' शर्माले भने, 'सपना ठूलाठूला बाँड्ने काम ससाना पनि गर्न नसक्ने नहोस्।'

स्थानीय तहमा जनप्रतिनिधि हुनेले निर्वाचित भएपछि आफू र आफ्नाको मात्रै सेवामा लाग्दिन भनेर प्रतिबद्धता पत्रमा उल्लेख गर्नुपर्ने सर्वसाधारणको माग छ। दलले सक्रिय कार्यकर्ता भएको घर र गाउँमा टिका लगाएर पार्टीको सदस्य हो भन्ने र मत गनेर हारजितको आँकलन गर्ने प्रवृत्ति यसपटक अनुत्पादक हुने देखिन्छ। नयाँ पुस्तामा आएको सचेतना र विकासप्रतिको मोहले जुजारु र विकासप्रेमी उम्मेदवार यसपटकको निर्वाचनमा विजयी हुनेछन्।

प्रकाशित: Apr 30, 2022| 21:50 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...