मंगलबार, साउन २६, २०८३

बहुमूल्य जडीबुटी सुनखरीसहित महिला पक्राउ

शंकास्पदरूपमा फेलापरेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० केजी सुनाखरीसहित बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट पक्राउ गरेको हो।

शंकास्पदरूपमा फेलापरेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

बागलुङबाट काठमाडौँ लैजाँदै गरेको उक्त सुनाखरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी गरेको सूचना अधिकारी रानाले बताए।

बहुमूल्य जडीबुटी ओसारपसार हुन लागेको सूचनाका आधारमा प्रहरीले विशेष टोली खटाएर केसीलाई पक्राउ गरेको हो।

प्रकाशित: Apr 30, 2022| 21:30 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।