शनिबार, असार ६, २०८३

नेपाल-भारत सीमाको दशगजामा कडाइ

प्रहरी नायब उपरीक्षक न्यौपानेले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट आज बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने जानकारी दिँदै त्यसका लागि नेपालको तर्फबाट तयारी भइरहेको बताए।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

बाँके- बाँकेको नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको छ। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नाकामा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

National life

अहिले जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीसमेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक  मधुसुदन न्यौपानेले जानकारी दिए। 

प्रहरी नायब उपरीक्षक न्यौपानेले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट आज बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने जानकारी दिँदै त्यसका लागि नेपालको तर्फबाट तयारी भइरहेको बताए। सो बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि बन्द हुनेलगायतका निर्णय हुने बताइएको छ। सीमा क्षेत्रको जमुनाह गेटबाट पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म सुरक्षाकर्मीले संयुक्त गस्तीसमेत गर्नेछन्। जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ।

सीसीटिभी क्यामेरा जोडिँदै 

बाँके जिल्लाका सबै मतदानस्थलमा सिसीटिभी क्यामेरा जोड्ने तयारी भइरहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले त्ससका लागि तयारी भइरहेको र केही दिनमै काम सुरु गर्ने जानकारी दिए।

Shivam cement

'हामी त्यसैको तयारीस्वरुप विभिन्न मतदानस्थल अनुगमन गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी खत्रीले भने। सरकारले निर्वाचनका लागि सीसीटिभी क्यामेरा अनिर्वाय गरेको छ। जिल्लामा कुल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन्। सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवेदनशील मतदानस्थल छन्। जिल्लामा राष्ट्रिय मान्यताप्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागी भएका छन्।

प्रकाशित: Apr 30, 2022| 20:30 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।