बिहीबार, कात्तिक १२, २०८३

भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध

नेपाली कांग्रेससहितको गठबन्धन, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी कूल ७९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

भक्तपुर- भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेससहितको गठबन्धन, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी कूल ७९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

उनका अनुसार चाँगुनारायण नगरपालिकामा प्रमुखका उम्मेदवार दुई, उपप्रमुख एक, वडाध्यक्ष आठ, वडासदस्य नौ र महिला सदस्य दुई गरी २२ जना, भक्तपुर नगरपालिकामा वडाध्यक्ष सात र वडा सदस्य आठ गरी १५ जना, मध्यपुरथिमि नगरपालिकामा नगरप्रमुख एक, उपप्रमुख दुई, वडाध्यक्ष १३, वडा सदस्य चार र महिला सदस्य दुई गरी २२ जना र सूर्यविनायक नगरपालिकामा प्रमुखमा दुई, विभिन्न वडामा वडाध्यक्षमा ११, वडा सदस्य पाँच, महिला सदस्य एक र दलित महिला सदस्य एक गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिए।

त्यस्तै जिल्लाका ३८ वटा वडामध्ये आठवटामा दलित महिला उम्मेदवार नपाउँदा ती वडामा दलित महिला पद रिक्त हुन पुगेको छ। स्थानीय तह निर्वाचन ऐन–२०७३ ले स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष एक पद र वडामा निर्वाचित पाँचमध्ये एक खुलाबाट महिला र एक दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि कतिपय वडामा उम्मेदवारी नपर्दा दलित महिलाको कोटा रिक्त रहेको प्रमुख न्यौपानेले जानकारी दिए।

जिल्लाको भक्तपुर नगरकाको १० वटा वडामध्ये १, २, ३, ४, ७, ८ र ९ नं वडा गरी सातवटा र मध्यपुरथिमिको वडा नं ४ मा दलित उम्मेदवार नपाएपछि यी आठवटा वडामा दलित महिला सदस्यको पद नै रिक्त भएको छ। 

दलित महिलातर्फ तीनवटा वडामा भने एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएको उहाँले बताउनुभयो। उहाँले नेमकिपाका उम्मेदवार भक्तपुर नगरपालिका–५ मा सरिना द्यौला (पोडे) र १० मा विष्णुमाया कामीलाई तथा नेपाली कांग्रेसले मध्यपुरथिमि–५ मा लक्ष्मी द्यौला निर्विरोध भएको उहाँले जानकारी दिए।

जिल्लाका चार नगरका अन्य वडामा भने दलित महिला पदमा कांग्रेस, एमालेसहित केही दलका गरी ९० जनाको उम्मेदवारी परेको न्यौपानेले जानकारी दिए। सबै वडामा दलित बस्ती नभएका कारण उम्मेदवारी नपरेको दलहरूको भनाइ छ।

प्रकाशित: Apr 30, 2022| 18:20 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...