बिहीबार, कात्तिक १२, २०८३

गोकुल बाँस्कोटाले धोका दिएको भन्दै बनेपाका मेयरले गरे एमाले परित्याग

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धोका दिएको भन्दै काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले पार्टी परित्याग गरेका छन्।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धोका दिएको भन्दै काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले पार्टी परित्याग गरेका छन्। नेता बाँस्कोटाले सुरुमा आफूलाई नै टिकट दिने बताए पनि अन्तिममा धोका दिएको भन्दै बादेले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। 

बादेले बनेपामा दोहोरिने  आकांक्षा राखेको भए पनि बाँस्कोटाको दबाबमा पार्टीले व्यापारी रत्‍नकुश रञ्जितलाई उम्मेदवार बनाएको छ। 

उनी ०७४ को निर्वाचनमा एमालेबाटै बनेपाको मेयरमा निर्वाचित भएका थिए। उनले बनेको मेयर पदबाट पनि राजीनामा गरेका छन्। 

बनेपा नगरपालिका एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रसमेत हो। उनले भने, ‘आज र भोलि सार्वजनिक बिदा छ, म पर्सि कार्यालय खुलेपछि नियमानुसार राजीनामा दिन्छु।’ 

‘उहाँलाई मैले धेरै मान्थेँ, भगवान् भन्दा केही तल मान्थेँ, उहाँले पनि यस्तो किसिममा मलाई हु्न्छ, हुन्छ भनेर इलेभेन्थ आवरसम्म पनि आश्वासन दिनुभयो,’ उनले भने, ‘साँठगाँठ उहाँहरुको के भयो मलाई थाहा छैन। तीन/चार महिना यतादेखि चाहिँ कुरा हुन छाड्यो।’

उनले अहिले तत्काल आफू कुनै पार्टी प्रवेश नगर्ने पनि बताएका छन्। 


प्रकाशित: Apr 30, 2022| 16:51 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...