मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

मौसमको खराबीले 'भिजिबिलिटी' कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ। काठमाडौं बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ।

मौसमको खराबीले 'भिजिबिलिटी' कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ। काठमाडौं बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ।

विशेषगरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले उडान प्रभावित भएको छ। बुद्ध एयरको तुम्लिङटार उडान रद्द भएको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। विराटनगर विमानस्थल भर्खरै खुलेको छ। अन्य विमानस्थल पनि उडानमा सहजता भइरहेको एयरलाइन्सले जनाएका छन्।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीले काठमाडौंसहित देशभरका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको बताए।

'प्रतिकूल मौसमले ठाउँठाउँका विमानस्थलमा उडान समस्या आएको थियो, अहिले बिस्तारै सहज बन्दै गएको छ। बर्षाका बेला आइएफआर उडान मात्रै भएका थिए', उनले भने। उनका अनुसार यती एयरलाइन्सका कुनै पनि जहाज रद्द नभएको तर धेरै उडान 'मोडिएका' थिए।

अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ हेलिकप्टरसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले थप केही दिन बदली र वर्षा हुने महाशाखाको अनुमान छ।

प्रकाशित: Apr 30, 2022| 15:17 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।