काठमाडौं- अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा चोरी भएको छ। सशस्त्र प्रहरी बलका पूर्व एसएसपी दीपक थापाको कागेश्वरी मनहरा-६ मुलपानी, राधाकृष्ण मार्गस्थित घरमा बिहीबार दिउँसो सुन चोरी भएको हो।
थापाको घरबाट १६ तोला सुनका गहना तथा ६० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ। घरमा कोही नभएको मौकापारी मुल ढोकाको ताल्चा फुटाएर चोरी भएको प्रहरीले जनाएको छ।
स्थानीय प्रहरीसहित काठमाडौं उपत्यका अनुसन्धान कार्यालयलेसमेत घटनाको अनुसन्धान थालेको छ।