बिहीबार, कात्तिक १२, २०८३

जनकपुरमा कांग्रेसका बागी कायमै, मिथिलामा एमालेका फिर्ता

साहलाई फकाउन दुई दिनअघि कांग्रेस नेता विमलेन्द्र निधि जनकपुर पुगेका थिए। तर उनको प्रयास सफल हुन सकेन।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

जनकपुर- जनकपुरधाम उपमहानगरपालिकामा मेयरका लागि कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोज साहले फिर्ता लिएनन्। उम्मेदवारी फिर्ता लिने अन्तिम समय शुक्रबार साँझ पाँच बजेसम्म साहले फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी  दिएको छ। 

साहलाई फकाउन दुई दिनअघि कांग्रेस नेता विमलेन्द्र निधि जनकपुर पुगेका थिए। तर उनको प्रयास सफल हुन सकेन। 

यस्तै, धनुषाकै मिथिला नगरपालिकामा एमालेका बागी हरिनारायण महतोले उम्मेदवारी फिर्ता लिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि महतो उम्मेदवारी फिर्ता लिन राजी भएका हुन्। 

जनकपुर उपमहानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीबाट गठबन्धनका लालकिशोर साह प्रमुखका उम्मेदवार छन्। उपप्रमुखमा किशोरी साह (कांग्रेस) उम्मेदवार छिन्। 

प्रकाशित: Apr 29, 2022| 22:05 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...