मंगलबार, साउन २६, २०८३

दक्षिण अफ्रिकाका बाढीपीडितलाई नेपालको सहयोग

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित एक संक्षिप्त समारोहमा कार्यवाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- नेपालले दक्षिणअफ्रिकाका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ। दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित एक संक्षिप्त समारोहमा कार्यवाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। 

आज प्रदान राहत सामग्रीमा चामल, पिउनेपानी, कम्बल, खाना पकाउने तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु रहेका प्रिटोरियास्थित उक्त दूतावासले जनाएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिणअफ्रिकाले त्यहाँको मुद्रा १० हजार  र दूतावासका कर्मचारीले पनि आर्थिक सहयोग गरेका छन्। 

उपनिर्देशक मातामेलाले दूतावास र नेपाली समुदायलाई विपद्पीडितका निम्ति आधारभूत आवश्यकता पूरा गर्न समयमै मानवीय सहायता प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो। दक्षिणअफ्रिका गणतन्त्रको क्वाजुलु–नाताल, पूर्वी केप र उत्तर पश्चिम प्रान्तमा हालै आएको  बाढीमा परी तीनसयभन्दा बढीको मृत्यु हुनाका साथै करोडौँको भौतिक क्षति भएको थियो। 

नेपालका भूकम्पपीडितलाई २०७२ मा दक्षिणअफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका अधिकारी तथा कर्मचारी, परोपकारी संस्थाले पनि सहयोग गरेका थिए।

प्रकाशित: Apr 29, 2022| 23:45 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।