बिहीबार, कात्तिक १२, २०८३

बाँकेमा ७७ को उम्मेदवारी फिर्ता

राजनीतिक दलतर्फ गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य लगायतको पदमा परेको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतका विभिन्न कार्यालयले जनाएका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

बाँके- बाँकेको आठ स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका ७७ जनाले आज उम्मेदवारी फिर्ता  लिएका छन्। खासगरी राजनीतिक दलतर्फ गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य लगायतको पदमा परेको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतका विभिन्न कार्यालयले जनाएका छन्। 

नेपालगञ्ज उपमहानगरपालिकामा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकामा पाँच, जानकीमा सात, बैजनाथमा सात र नरेनापुरमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सबैभन्दा बढी १६ उम्मेदवारी फिर्ता लिनेमा कोहलपुर नगरपालिका र सबैभन्दा कम चार उम्मेदवार फिर्ता लिनेमा नरेनापुर गाउँपालिका रहेको छ। 

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगञ्जमा उम्मेदवारी फिर्ता लिनेमा प्रमुख पदमा एक, उपप्रमुख पदमा एक, वडाध्यक्ष छ, महिला सदस्य तीन, दलित महिला सदस्य एक, खुला सदस्य दुईजना छन्। उनीमहरुमध्ये छजना स्वतन्त्र उम्मेदवार हुन् भने अन्य विभिन्न राजनीतिक दलका हुन्। कोहलपुर नगरपालिकामा उम्मेदवारी फिर्ता लिएका १६ मध्ये एकजना प्रमुख, पाँच वडाध्यक्ष अन्य सबै वडा सदस्य रहेका छन्। 

राप्ती सोनारी गाउँपालिकामा १२ मध्ये आठजना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका छन्। तीमध्ये तीन वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्य छन्। खजुरा गाउँपालिकामा १२ मध्ये तीन वडाध्यक्ष र नौ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन्। डुडुवा गाउँपालिकामा पाँचमध्ये एकजना उपाध्यक्ष र चार वडाध्यक्षले मनोनयन फिर्ता लिनुभएको छ। जानकी गाउँपालिकामा सातमध्ये अध्यक्ष एक, उपाध्यक्ष एक, तीन वडाध्यक्ष र दुई वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरु सबै स्वतन्त्रतर्फका हुन्। 

बैजनाथ गाउँपालिकामा सातमध्ये अध्यक्ष पदमा एक, वडाध्यक्षमा चार र वडा सदस्यमा दुईले उम्मेदवारी फिर्ता लिएको विभिन्न निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडाध्यक्षका लागि दुई हजार ३२९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। 

जिल्लामा कूल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन्। सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थल छन्। जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागी भएका छन्। 

प्रकाशित: Apr 29, 2022| 22:40 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...