शनिबार, असार ६, २०८३

आलमको मुद्दा ‘हेर्दाहेर्दै’

सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज सुनुवाइ हुँदाहँुदै समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज सुनुवाइ हुँदाहँुदै समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

National life

 न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा अर्को शुक्रबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

नेता आलमलाई २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा रहेको छ।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका थिए। 

प्रकाशित: Apr 29, 2022| 22:15 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।