काठमाडौं- डेटम सिस्टम्सले बैंकहरुका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि जोखिममा आधारित कार्यान्वयन गर्ने विषयमा गोएमल रिपोटिंग तालिम आयोजना गरेको छ।
नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइमा रहेको गोएमल प्रणालीले तोकेको ढाचामा सूचक संस्थाहरु बैंक तथा वित्तीय संस्थाले दिनुपर्ने शङ्कास्पद कारोबार, कारोवार रकमका सीमा र शङ्कास्पद क्रियाकलाप प्रतिवेदनहरु इलेक्ट्रोनिक माध्यमबाट पठाउन आवश्यक ज्ञान, सीप र जानकारी प्रदान गर्न शुक्रबार उक्त तालिम प्रदान गरेको हो।
डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले तालिमको सहजिकरण गरेका छन्। तालिममा ट्रस्टएमलका टिमलिडर डा. प्रमोद पराजुलीले ‘एक्स्मल डेटा’को तयारी तथा गोएमल रिपोरटिंगको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरेका थिए।
प्रशिक्षणमा राष्ट्रिय वाणिज्य बैङ्क, सिटीजन्स बैङ्क इन्टर्नेसनल, नेपाल बैंक, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, सेन्चुरी कमर्सियल बैंक र आसीएफसी फाइनान्स लिमिटेडका ३६ प्रतिनिधीहरुको सहभागिता थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४