बिहीबार, कात्तिक १२, २०८३

तनहुँमा ९५ जनाले फिर्ता लिए उम्मेदवारी

तनहुँमा ९५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका उनीहरुले मनोनयन फिर्ताको अन्तिम दिन आफ्नो मनोनयन फिर्ता गरेका हुन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- तनहुँमा ९५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका उनीहरुले मनोनयन फिर्ताको अन्तिम दिन आफ्नो मनोनयन फिर्ता गरेका हुन्।  

व्यास नगरपालिकाको मेयरतर्फ नेकपा एसको तर्फबाट शङ्करनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार वृषराज श्रेष्ठले मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ। त्यसैगरी वडाध्यक्षतर्फ व्यास नगरपालिका–१ मा राप्रपाबाट बलसुर थापा मगर, २ मा नेकपा एसबाट प्रेमकुमार श्रेष्ठ, ३ को वडाध्यक्षमा स्वतन्त्रबाट रवीन पौडेल, ३ मा विकेकशील साझा पार्टीका नन्लबहादुर थापा, ५ मा नेकपा एसबाट रामलाल श्रेष्ठ, १० मा स्वतन्त्रबाट रवी मिश्र, ११ मा नेकपा माओवादी केन्द्रबाट आइतबहादुर दमै र ११ मा स्वतन्त्रबाट सुशील पौडेलले मनोनयन फिर्ता लिएका छन्। 

महिला वडा सदस्य पदमा व्यास–२ मा नेकपा एसबाट सपना श्रेष्ठले मनोनयन फिर्ता लिइन्। खुल्ला सदस्यमा व्यास–२ मा स्वतन्त्रबाट ओमराज श्रेष्ठ, ३ मा नेकपा एसबाट विष्णु पराजुली, नेकपा एसबाटै जेर्मी कुमार मुल्मी र जसपाबाट बुद्धसिं थापाले मनोनयन फिर्ता लिएका छन्।

व्यास १३ मा नेकपा माओवादी केन्द्रबाट रामबहादुर क्षेत्री र नेकपा एसबाट गजिन्द्रराज पन्थले पनि मनोनयन फिर्ता लिए।  त्यसैगरी व्यास–८ मा नेकपा माओवादी केन्द्रबाट रामजी पौडेलले मनोनयन फिर्ता गरेका छन्। 

व्यास नगरपालिकामा मात्र १८ उम्मेदवारले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए। जिल्लाका थप ९ पालिकाबाट ७७ उम्मेदवारले मनोनयन फिर्ता गरेको बताइएको छ। 

प्रकाशित: Apr 29, 2022| 19:32 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...