बिहीबार, कात्तिक १२, २०८३

गठबन्धनका जसपा र राजमोद्वारा बुटवल उपमहानरका मेयर र उपमेयरको उम्मेद्वारी फिर्ता

बुटवल उपमहानगरमा सत्तारुढ जनता समाजवादी पार्टीले मेयर र उपमेयरमा दिएको उम्मेद्वारी फिर्ता लिएको छ। यसअघि गठबन्धनमा सहमति नहुँदा मेयर र उपमेयर सहितका पदहरुमा उम्मेद्वारी दिएको समाजवादीले केन्द्रमा भएको सहमतिको पालना गर्दै उम्मेद्वारी फिर्ता लिएको हो।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

बुटवल- बुटवल उपमहानगरमा सत्तारुढ जनता समाजवादी पार्टीले मेयर र उपमेयरमा दिएको उम्मेद्वारी फिर्ता लिएको छ। यसअघि गठबन्धनमा सहमति नहुँदा मेयर र उपमेयर सहितका पदहरुमा उम्मेद्वारी दिएको समाजवादीले केन्द्रमा भएको सहमतिको पालना गर्दै उम्मेद्वारी फिर्ता लिएको हो। 

शुक्रबार बुटवल निर्वाचन कार्यालयमा मेयरका उम्मेद्वार सुरज हितान मगर र उपमेयरका उम्मेद्वार सम्झना पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन्। 

सत्तारुढ पाँच दलीय गठबन्धनको मर्म र भावना अनुसार गठबन्धनका संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले उम्मेद्वारी फिर्ता लिएको जनता समाजवादी पार्टी लुम्बिनीका मुख्यसचिव यज्ञ गैरेले बताए। 

यसैबीच राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयरमा उम्मेद्वारी दिएका कृष्ण प्रसाद पोखरेल र उपमेयरका उम्मेद्वार रेनुकुमारी सिंह क्षेत्रीले उम्मेद्वारी फिर्ता लिएका हुन्। गठबन्धनमा रहेका जसपा र राजमोले एमाले विरुद्ध उभिन उम्मेद्वारी फिर्ता लिएको बताएका छन्।  

बुटवल उपमहानगरमा गठबन्धनबाट  मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेद्वार छन्। वडामा पनि सहमती भएको गठबन्धनले जनाएको छ । बुटवलमा एमालेबाट बाबुराम भट्टराई मेयरका उम्मेद्वार छन । बुटवल उपमहानगरमा ९० हजार मतदाता छन्।


प्रकाशित: Apr 29, 2022| 18:21 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...